यीहुन एमाले स्थायी कमिटीमा थपिएका ८ नेता 

काठमाडौं । एमालेका चार र माओवादीबाट एमाले प्रवेश गर्नुभएका चार नेतालाई नेकपा एमालेको स्थायी कमिटीमा थप गरेको छ । आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेका चार र माओवादीबाट एमाले प्रवेश गर्नुभएका चार नेतालाई स्थायी कमिटीमा थप गर्ने निर्णय गरेको हो ।

रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल, रघुजी पन्त र माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटी सदस्यमा थपिनुभएको हो ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताउनुभयो । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।

केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : ०२ बजे