नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रूपान्तरण

काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ ।

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो ।

रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको विघटित महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए ।

आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको हो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : १९ बजे