एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु (तस्विरहरु)

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव समूहका नेताहरु भने गएका छैनन् ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता बदरबारे सर्वोच्च अदालतले गत फागुन २३ गते फैसला गरेपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई सदस्यमा रुपान्तरण गरेपछि नेता माधवकुमार नेपाल पक्षका नेताहरु असन्तुष्ट रहँदैआउनुभएको छ । 
 

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : २८ बजे