‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पाकिस्तानद्वारा सहायता रकम हस्तान्तरण

काठमाडौँ । पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन रु चार करोड ४३ वित्तीय सहयोग गरेको छ । 

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. खगराज बराललाई मङ्गलबार अपराह्न उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले आज जनाएको छ ।

“नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कोभिड–१९ आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धताअन्तर्गतको हो”, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कोरोना महामारी  रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । रासस

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ३७ बजे