विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लोकसेवा आयोगका स्थगित परीक्षा साउन १५ गतेदेखि सञ्चालन हुने

काठमाडौं । लोकसेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ। 

आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

खरिदारदेखि सहसचिवसम्मको परीक्षा स्थगित भएको थियो। वार्षिक कार्यतालिकाअनुसार आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन गरे पनि परीक्षाहरु स्थगित भएका थिए। 

आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका परीक्षाहरू आयोगको  असार १४ गतेको बैठकको निर्णय बमोजिम नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने गरी परीक्षा कार्यक्रम तोकिएको सुचनामार्फत जानकारी गराएको छ । 

परिक्षा कार्यतालिका :

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : ५४ बजे