वाग्मती प्रदेशसभाको बैठक असार १७ गते 

मकवानपुर ।  वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । 

सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८÷०७९ को बिनियोजित बजेट ,राजश्व र आयव्यय माथि  छलफल हुने बताइएको  छ । 
यो
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिनुभयो । उहाँले आज विहान ११:०० वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताउनुभयो । 

प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गर्नुभएको थियो ।  

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : २० बजे