जेठ २ मा फर्किने एमालेको निर्णय, बिहीवार केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने भएको छ । आज बसेको एमालेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भोलि महाधिवेशन आयोजक कमिटी बस्ने र उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने जानकारी दिनुभयो ।

बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि तयारी गरेको ज्ञवालीले बताउनुभयो । माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो । 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ०५ बजे