‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोना सङ्क्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेको छ । उपचारका क्रममा शनिबार उहाँको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना हुनुभएको थियो । 

उहाँ नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आउनुभएको थियो । 

उहाँ नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । योसँगै कोरोना सङ्क्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ०८ बजे