दलित गाउँका पहिलो शिक्षक

थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि; २० जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल ११ हजार ७४८ जनाको परीक्षण गर्दा २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप ४ हजार ३४८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ३१० रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  २० जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ७१  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ०० बजे