विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बिहीबारबाट दैनिक ६४ आन्तरिक उडान हुँदै

काठमाडौं । सरकारले कोरोनाको दोस्रो लहरसँगै बन्द गरेको आन्तरिक उडान बिहीबार खुल्दैछ । 
वायुसेवा संचालक संघका अनुसार बिहीबारबाट  दैनिक ६४ उडान हुनेछ । 

बिहीबार बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभयो  । उहाँका अनुसार बुद्ध एयरले ३१ वटा यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।

सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । 
निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो । 

स्वास्थ्य मापदण्ड पालना गरेर मात्र उडान संचालन गर्नुपर्ने छ । 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : ५१ बजे