‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कमरेडलाई राजै ठिक

आफूमा राजनैतिक बडप्पन देखाउन 

तपाईँलाई 

राष्ट्रपति भन्दा जब  राजा लाग्यो ठिक

निशाना अन्तै साध्नु भएको थियो 

तर घुमेर  आफैलाई नै लाग्यो फ्लाईङ  किक 

 

कमरेड 

राजा हुँदा नै थियो भने 'सान',वैभव र  मान 

क्रान्तिको नाममा किन लिएको त ? 

अनाहकमा निहत्था नेपालीको ज्यान !! 

जब वर्तमान राष्ट्रपतिको भन्दा

पूर्व राजाको देख्न थाल्नु भयो उचाइ

के हो त्यो ?

राजनैतिक स्टन्ट कि हजुरको मनको सच्चाई ?

 

कमरेड हजुर त 

आफूलाई गणतान्त्रिक नेपालको पिता सम्झँदै

अरूलाई गणतन्त्रको झड्केलो बुवा सम्झनुहुन्छ

अरूलाई फगत लेदो मिसिएका पानी ठान्दै

आफूलाई निर्मल कन्चन कुवा सम्झनुहुन्छ । 

 

२१ औ शदिको घोर कलियुगमा 

हजुरको पुत्री मोहसँग 

देखियो त द्वापर युगको धृतरास्ट्र पनि हारेको 

अहिले आएर राजाकै उचाइ र सान ठिक लागे 

१७ हजार नेपालीलाई किन अनाहकमा मारेको ?? 

 

कन्यादान 

रक्तदान 

र मतदान 

यी ३ दान निःशुल्क गरिने दान हुन 

तर पनि लोकतन्त्रको धज्जी उडाउँदै 

चितवनमा प्रकट भएको हजुरको पुत्री मोह 

कठै ! अझ पनि

हजुर थाक्नु हुन्न लोकतन्त्रको दुहाई दिन 

 

हामीलाई पनि राम्रो थाहा छ 

हाम्रो धेरै बादशाहहरू नाङ्गै छन् 

हजुर र हजुरको परिवारको लागि सधैँ सिधा भएको गणतन्त्र 

जनताको  लागि त बाङ्गै छन् 

 

एजेन्टको भेषमा बसेका दुई छापामार

अनि निर्वाचन आयोग र अदालतको सहयोगमा 

न्याय प्रेमी चितवने जनताको अभिमतमा 

दिन दहाडै कसले हान्न लगायो  छुरा ? 

अझै पनि छुट छ र कमरेड ?? 

नाङ्गो बादशाहले गर्नलाई 

हैसियत,उचाइ , मान,  सान र वैभवको कुरा ??

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : १२ बजे