दलित गाउँका पहिलो शिक्षक

राष्ट्रिय युवा संघको आयोजनामा कालिकामा धान रोपाइँ कार्यक्रम (फोटो फिचर सहित) 

 चितवन । राष्ट्रिय युवा संघ नेपाल, कालिका नगर कमिटीको आयोजनामा वडा नं।३, पदमपुरमा आज धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ । 

सो धान दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य तथा बागमती प्रदेशका सांसद बिजय सुवेदी, नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल, संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य घनश्याम ढुङ्गाना लगायतले मन्तव्य राखेका थिए । संघका नगर संयोजक पूर्ण महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य तथा पार्टी युवा फाँटका कालिका नगर इन्चार्ज हिम्मत पुरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

असार १५ अर्थात् धान दिवसको अवसरमा आयोजित कार्यक्रममा दही चिउरा खाने कार्यक्रम तथा प्रमुख अतिथि, अतिथिहरूले धान रोपेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ०८ बजे