साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा – २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका- ३ पुलचोक बस्ने राजु थापा भन्ने २४ वर्षीय नुर खानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खानले ती महिलालाई मेचीनगर नगरपालिका-११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ३ : ०२ बजे