साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ए डिभिजन लिग असोज पहिलो सातादेखि

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ । 

एन्फाले सोमबार १४ वटा क्लबका पदाधिकारीहरुसँगको छलफलपछि लिगका लागि मिति तय गरेको हो । 

लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ । 

गत वर्ष कोरोना भाइरसको महामारीका कारण ए डिभिजन लिग हुन सकेको थिएन । कोरोनाकै कारण एन्फाले आफ्नो क्यालेण्डर अनुसार खेल गतिविधि अगाडि बढाउन सकिरहेको थिएन ।  
 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : २६ बजे