यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

क्यूआर कोड सहितको ‘प्रिन्टेड भिसा प्रणाली’को शुभारम्भ

काठमाडौँ – सरकारले लामो समयदेखि विदेशी नागरिकलाई प्रदान गर्दै आएको हस्तलिखित प्रवेशाज्ञा प्रणालीलाई विस्थापन गर्दै विद्युतीय बनाएको छ । अध्यागमन विभागले विदेशी नागरिकलाई  विगत ४५ वर्षदेखि हस्तलिखित प्रवेशाज्ञा उपलब्ध गराउँदै आएको थियो । विभागमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको ‘प्रिन्टेड भिसा प्रणाली’को शुभारम्भ गर्नु भयो । 

 क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टलले नै भिसा गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने  र कम्प्युटरबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रबाह छिटो छरितो हुने विभागको भनाइ छ ।

कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडामा भएको विवरणका आधारमा पत्ता लगाउन सकिन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसंग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ । सरकारी सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा पुग्ने गृहमन्त्री पौडेलको भनाइ थियो ।

उहाँले प्रवेशाज्ञामा गरिएको प्रविधियुक्त सुधारले  नेपाली भिसालाई अन्तराष्ट्रिय स्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन बल पुग्ने र नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमा समेत सकारात्मक योगदान दिने उल्लेख गर्नुभयो । कार्यक्रममा गृह सचिव, विभागका महानिर्देशकलगायतको उपस्थिती रहेको थियो । 

रासस

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : २७ बजे