दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जननेता मदन भण्डारीको जन्मजयन्तीमा रक्तदान

मध्यपुरथिमि – नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ ।     

    जिल्लाको सूर्यविनायकमा मदन स्पोर्टस एकेडेमीले आयोजना गरेको  कार्यक्रममा दुई महिलासहित ४१ जनाले रक्तदान गरेको एमालेका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।

    कार्यक्रममा अध्यक्ष देउजा, एमाले केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले जननेता भण्डारीको तस्विरमा माल्र्यापण गर्नुभएको थियो ।
 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : १४ बजे