दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि; ४२ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल ११ हजार ६४० जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप ३ हजार ८५३ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ९५० रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ४२ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ५१  जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : २७ बजे