दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि; ३४ जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल ९ हजार ८३६ जनाको परीक्षण गर्दा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप ३ हजार ७ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ३४ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ९ हजार ९  जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : १३ बजे