सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवा पक्षका वकिलहरुको बहस सकियो, सरकारी वकिलहरुले भोलिबाट बहस गर्ने

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस आज सकिएको छ । उक्त मुद्दामा बहस गर्नको लागि देउवा पक्षका वकिलहरुलाई १२ घण्टाको समय दिईएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा अब भोलिदेखि सरकारी वकिलहरुको बहस सुरु हुनेछ । इजलासमा प्रधानन्यायाधीश जबरासँगै न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् । देउवाको पक्षबाट ३६ जना अधिवक्ताहरुले बहस गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ४ : ३३ बजे