सुनको मूल्यमा नयाँ कीर्तिमान

तीनवटा सवारी एकआपसमा ठोक्किँदा सुनसरीमा तीन जनाको मृत्यु

काठमाडौँ– तीन वटा सवारी एकआपसमा ठोक्किँदा सुनसरीको कोशी गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान कोशी गाउँपालिका – ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता छन् ।

हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्याल भने घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायसले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ०२ बजे