‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आज थप २ हजार ४८६ मा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ३८६ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७७ हजार १२३ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।
आज थप १४ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : ०३ बजे