एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाइयो

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै थप कदम चाल्न महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १२ : ०९ बजे