एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

 प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ः०० बजे समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

बैठकमा दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने बारेमा पनि छलफल हुने बुझिएको छ ।  विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी गरिएको एमालेले जनाएको छ ।   

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : १५ बजे