‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ट्याङ्करको ठक्करले दुई बालिकाको मृत्यु

​​​​​​​सप्तरी । द्रूत गतिको एक ट्याङ्करले शनिबार सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चौकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो।अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ७ ख ५४९५ नम्बरको ट्र्यान्करले सितापुर चाँदनी चौकमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई र वीरेन्द्र बजारमा स२ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयवासीले बताए । 

दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेबी र मामा कुसुमलाल मण्डल घाइते भएका छन् । यसैगरी सुमैयाकी परिवारकी सदस्य नविया प्रबिण घाइते भएकी छिन् ।

घाइतेहरूको कञ्चनरूप नगरपालिकाको ठेलियास्थित अस्पतलामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : २५ बजे