सिन्धुली कांग्रेसका प्रभावशाली युवा नेता एमाले प्रवेश 

काठमाडौं । सिन्धुली काँग्रेसका प्रभावशाली युवा नेता एमालेमा प्रवेश गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा लामो समयदेखि सिन्धुलीको सामाजिक कार्यमा सक्रिय एवं नेपाली  कांग्रेस कमलामाई नगर सदस्य  राजु चौलागाई र नेपाली काङ्रेशका सकृय कार्यकर्ता इश्वर थापा  नेकपा एमाले प्रवेश गर्नुभएको हो ।  

युवा संघ नेपालका  इन्चार्ज एवं पुर्वमन्त्री महेश बस्नेतले उनिहरुलाई  खादा लगाई पार्टीमा प्रवेश गराउनुभएको हो । नवप्रबेशी हरुलाई कार्यक्रममा संघका अध्यक्ष किरण पौडेल ,सिन्धुली एमाले अध्यक्ष प्रदिप कटुवाल,युवा संघका पदाधिकारी लगायतले स्वागत गर्नुभएको थियो । 

पार्टीमा स्वागत गर्दै पूर्वमन्त्री बस्नेतले नप्रवेशीहरुको निर्णयको प्रसंशा गर्दै ढुक्क भएर एमालेको अभियानमा सकृयता पूर्वक लाग्न आग्रह गर्नुभयो । उहाँले अहिले देशमा केही पूर्व समुहहरुको नाममा गठित अनेक पूर्व क्लबहरु देशलाई अस्थिरताको दिशातर्फ धकेल्ने चल्खेलमा तल्लिन रहेकोले सशक्त प्रतिबाद गर्न युवाहरु एकजुट भै लाग्न निर्देशन दिनुभयो । पुर्बआयुक्त ,पुर्ब न्यायधिस, बार एसोसिएसनका पूर्व  पदाधिकारीहरु सबै मिलेर अहिले सरकार र राष्ट्र बिरुद्ध अनेक षड्यन्त्र गरिरहेको बस्नेतले बताउनुभयो ।

संघका अध्यक्ष किरण पौडेलले केपी शर्मा ओलीले राष्ट्रियता र समृदिको लागि चाल्नुभएको कदमका कारण प्रवेशको यो लहर देशव्यापी चलिरहेको र संघले नवप्रवेशी साथीहरुलाई संगठनमा उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गरेको महासचिब रमेश आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : ३५ बजे