साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि; ३० जनाको मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा कुल ९ हजार ५१० जनाको परीक्षण गर्दा २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप ४ हजार ९१४ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ४२ हजार २४ रहेको छ  ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप  ३० जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ८ हजार ९७५  जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ५ : १३ बजे