दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रौतहटमा दुई परिवारबीच हानाहान, दर्जनबढी घाइते

रौतहट । बर्षको पानी खेतमा झारिदिएको निउँमा  दुई परिवारबीच हानाहान हुँदा रौतहटमा दर्जनबढी घाइते भएका छन्।

रौतहट मौलापुर नगरपालिका–१ मर्यादपुरमा शनिबार बिहान झडप भएको हो।  स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको थियो। 
सोनारको परिवार खाना खाइरहेको अवस्थामा यादव परिवार खनिएको  थिए। आक्रमणबाट  सोनार परिवारका अधिंकाश सदस्यहरु घाइते भएका छन् । 
इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार सोनार परिवार खाना खाइरहेको मौका पारेर यादव परिवार जाइ लागेको देखिन्छ  । 

सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको निहुँमा दुई परिवारबीच विवाद भएको थियो।

झडपमा एक दर्जनभन्दा बढी घाइते भएका र घाइते कसैको स्थानीय अस्पताल तथा कसैलाई वीरगञ्ज पठाइएको छ। यादव पक्षका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १२ : ५१ बजे