कर्णालीमा सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित

सुर्खेत । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिने एमालेका कर्णाली प्रदेशका चार सांसदमध्ये तीन सांसद पुनः निलम्बित परेका छन् ।

नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेशसभा सचिवालयले उनीहरुलाई निलम्बित गरेको हो ।

प्रदेशसभा सचिवालयले एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्बन गरेको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको जनाएको छ । 

गत वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए । तर, जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

 

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : ०१ बजे