दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

हेलम्बुमा मदन भण्डारी प्रतिष्ठानको स्वास्थ्य शिविर 

काठमाडौं । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा स्वास्थ्य सिबिर संचालन गरिरहेको छ । बिगत ३ दिनदेखी संचालित शिविरमा फरक फरक विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रधान गरिरहेको छ ।

गत असार १ गते आएको बिनासकारी बाढी पहिरोका कारण त्यस क्षेत्रमा स्वास्थ उपचारमा थप सेवा पुर्याउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफै चिकित्सकसहितको टोली लिएर हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकनमा पुग्नुभएको थियो ।

हेलम्बुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर चलिरहेको प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो। हाल हेलम्बुको क्षेत्रमा संचालित शिबिरमा नेपाल प्रहरी र नेपाली सेना सहितको स्वास्थ्यकर्मीहरुको संयुक्त टोलीले एक हप्तासम्म सेवा प्रदान गर्ने शिविरमा सहभागी कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ०८ बजे