मनाङ्गमा राष्ट्रिय युवा संघ नेपालको राहत हस्तान्तरण

काठमाडौं । नेकपा (एमाले) को युवा संगठन राष्ट्रीय युवा संघ नेपालले मनाङ्ग जिल्लाको नासो गाउपालिका वडा न १ मा राहत सामाग्री हस्तान्तरण गरेको छ। काठमाडौमा संघका इञ्चार्ज एवं पूर्वमन्त्रि महेश बस्नेतले विदाई गरेको टोलि अध्यक्ष किरण पौडेलको नेतृत्वमा सडक मार्गबाट त्यसतर्फ प्रस्थान गरेको थियो।

अध्यक्ष किरण पौडेलले दिएको जानकारी अनुसार एक ट्रक र ५ पिकअप गाडी सहित ३७ जनाको केन्द्रिय टोलि थप स्थानिय कार्यकर्ता सहित लमजुङ्गको बाउन डांडा पुगेको थियो ।

बाउन डांडा बेस बनाइ त्यहाबाट ६ ट्रीप हेलिकप्टरबाट मनाङ्गको ताल सम्म सामग्री पुर्याएको र बाकि सामग्री स्थलमार्गबाटै संघका स्थानिय कमिटीले ताल सम्म पुर्याउने पौडेलले बताए । करिव १५ लाख  बराबर जिन्सी र नगद ३ लाख वडाध्यक्ष्यको माध्यमबाट हस्तान्तरण गरेको वडाध्यक्ष झलकमान गुरुङले  जानकारी दिए।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ४ : १४ बजे