काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको मिति नजिकिदै जाँदा काँग्रेसको सभापतिका आकांक्षीहरुको नेता तथा कार्यकर्ताहरुसँगको भेट पनि तीव्ररुपमा सुरू भएको छ । आज पनि काँग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा पार्टी सभापतिका आंकाक्षीहरु प्रकाशमान सिहं र विमलेन्द्र निधिबीच छलफल जारी रहेको कोइरालाका स्वकीय भरत तिवारीले बताउनुभयो ।
उहाँले काँग्रेसको आसन्न १४ औं महाधिवेशनबारे छलफल हुने बताउनुभयो । आ–आफ्नो उम्मेदवारीभन्दा पनि पार्टीलाई आन्तरिकरुपमा कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको तिवारीले जानकारी दिनुभएको छ । यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका सभापतिका आकांक्षी विमलेन्द् निधि निवासमा पनि सिंह, कोइराला र निधिबीचमा अनौपचारिक छलफल भएको थियो ।
प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १ : ०४ बजे
प्रतिक्रिया