साफ यू–१७ च्याम्पियनसिप आजदेखि

धरहरा ढल्दा ज्यान गुमाउनेको परिवारलाई रोजगारी दिने प्रधानमन्त्री ओलीको घोषणा  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गर्नुभएको छ ।  

शनिबार आयोजित धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताउनुभएको हो ।  

उहाँले मृतकका परिवारका एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने बताउनुभयो । उहाँले धरहरामा क्षेत्रमा काम नपाउनेलाई अर्को क्षेत्रमा रोजगारी दिन पहल गरिने बताउनुभयो । 

धरहरा ढल्दा घाइते भएकाहरूलाई सरकारले सम्मान गर्ने प्रधानमन्त्रीले बताउनुभयो । आजैको कार्यक्रममा  धरहरा ढल्दा घाइते भई बाँचेकी काठमाडौँ बल्खुकी रमिला श्रेष्ठलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ५० बजे