धरहराबाट उपत्यका नियाल्ने रहर

माओवादी छोडेर एमाले बनेका १४ जना जनप्रतिनिधि पदमुक्त (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले रोजेका स्थानीय तहका १४ जना जनप्रतिनिधि पदमुक्त भएका छन् ।

निर्वाचन आयोगले एक सूचनामार्फत नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी गराएको हो । 

२०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो।

नेकपा माओवादी केन्द्रको अनुरोधको आधारमा उनीहरूको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । 

पद रिक्त हुनेमा दुई जना मेयर, पाँच जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् ।

माओवादी छाडेर एमाले बनेका १४ जना जनप्रतिनिधि पदमुक्त (सूचीसहित):

​​​​​​​

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ८ : ५० बजे