सुनको मूल्यमा नयाँ कीर्तिमान

जसपाको संसदीय दलको बैठक दिउँसो १ बजे

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । जसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा नेताहरुबीचमा पार्टीको समसामयिक तथा राजनीतिक विषयमा अनौपचारिक छलफल हुन लागेको जसपा नेता डा. सुरेन्द्र झाले जानकारी दिनुभयो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपासँगको सहकार्यमा मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो । तर, असार ८ गतेको सर्वोच्च अदालतले प्रधानमन्त्री ओली सरकारले गरेको मन्त्रीमण्डल विस्तारको कार्य तत्काल कार्यान्वयन नगर्न भन्दै नवनियुक्त २० मन्त्रीलाई पदमुक्त गरेको थियो । यस्तै आज हुन गइरहेको छलफल बारे जानकारी दिनुहुदै जसपा नेता केशव झाले पनि आज पछिल्लो राजनीतिक अवस्थाबारे अनौपचारिक र सामान्य छलफल हुने जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  १२ : ४९ बजे