‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेश सरकारको पहिलो भवन शिलान्यास

कर्णाली ।  कर्णाली प्रदेश सरकारको आफ्नै भवनको पहिलो पटक लेखा नियन्त्रक कार्यालय सुर्खेतको शिलान्यास गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज सो भवनको शिलान्यास गर्नुभयो ।

उहाँले मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक प्रदेश सरकारअन्तरगतको भवन शिलन्यास हुनु सुखद् क्षण भएको बताउनुभयो । प्रदेश लेखा नियन्त्रक कार्यालय भूकम्प प्रतिरोधात्मक र गुणस्तरयुक्त बनाउन निर्माण कम्पनीलाई निर्देशन दिँदै उहाँले भवन भनेको यस्तो पो हो भन्ने गरी काम देखाउन आग्रह गर्नुभयो ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आव ०७७÷०७८ मा विनियोजित बजेट रु तीन करोड ५३ लाख ९३ हजार ४९४ मा उक्त भवन निर्माण हुने बताउनुभयो ।

प्रदेश सरकारको आफ्नो जग्गा नहुँदा सङ्घीय सरकारअन्तरगत स्थानीय सरकारबाट भोगाधिकार लिएर भवन निर्माणकार्य शुरु गरिएको उहाँले जनाउनुभयो ।

उक्त भवन निर्माण्का लागि गत चैत २२ गते निर्माण सम्झौता गरेको शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँले २०७९ चैत २१ गते सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।रासस 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १२ : १९ बजे