दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कञ्चनपुरमा सर्प दंशबाट एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा सर्प दंशबाट एक महिलाको मृत्यु भएको छ । 

सर्पको टोकाइबाट बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगर बस्ने २५ वर्षीय प्रमिला बोहराको मृत्यु भएको हो ।

बुधबार दिउँसो नजिकैको सामुदायिक बनमा गएको बेला सर्पले डसेपछि अपराह्न उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । यद्यपि उपचारका क्रममा बुधबार साँझ उहाँको मृत्यु भएको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीका प्रशासन प्रमुख गोविन्द बहादुर बिष्टले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : ५२ बजे