साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको अवस्थामा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूची अनुसार निगमले स्वचालित मूल्यको आधारमा डिजेल/मटितेल तथा  पेट्रोलमा २ रुपैयाँले वृद्धि गरेको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ११० रुपैयाँ प्रति लिटर पुगेको छ । त्यस्तै निगमले हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरि प्रति किलो लिटर ७३५ अमेरिकी डलर कायम गरेको छ । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले बताएको छ ।

मूल्य बढाइएपनि पेट्रोलियम पदार्थमा अझै घाटा रहेको निगमले बताएको छ। नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा पेट्रोलियम पदार्थको मूल्य  अझै बढ्न सक्ने निगमले बताएको छ । 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ५३ बजे