दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

डुब्नैलागेको व्यवसायलाई स्वरोजगारकोषले दियो पुर्नजीवन

काभ्रेपलाञ्चोक । बनेपा वडा नं. ११ जनगालका पुष्प व्यवसायी रवि खड्कालाई चार बर्ष अघि ठुलो बज्रपात भयो ।
खाडी मुलुकको मरुभूमीमा १० बर्ष पसिना बगाएर कमाएर ल्याएको रकमले गरेको फुलखेती अप्रझट आएको बाढीले छिन्मै स्वाँहा बनाएपछि खड्का इन्तुन चिन्तुको अवस्थामा पुगे ।  

विदेशमा कठोर मेहनत गरेर कमाइ गरी ल्याएको पैसाले उनले ७ रोपनी जग्गा भाडामा लिएर लगाएको फुल खेती बाढीले बगाइदिएसँगै उनीसँग अब जीवन जिउने कुनै आधार बाँकि थिएन । बाढीले भएको खेती नष्ट भएपछि खड्कासँग व्यवसायलाई फेरी निरन्तरता दिने कुनै उपाय र विकल्प पनि थिएन । 

‘भएको रकम सकिसकेको थियो, राम्रो मुल्यमा ब्यापार भइरहेको व्यवसाय सोंच्दै नसोचेको बाढीले बगाएर तहस नहस भएको थियो, लगभग म त डिप्रेसनमै पुग्ने अवस्थामा थिए’, खड्काले भने । 

‘विदेशमा फुलखेतीले राम्रो आम्दानी हुने देखेर नेपाल फर्किइ गरेको व्यवसाय राम्रै चल्दै थियो । राम्रो आम्दानी पनि भइरहेको थियो तर एक रात आएको बाढीले नराम्रोसँग  क्षती पुर्यायो’, उनले भने । बिगत संझदै उनले थपे ‘बाढीले खेती बगर बनाएपछि त्यो बेला म सँग विरुवा हाल्न सक्ने अवस्था नै थिएन’ खड्का संझन्छन् ।  ‘नष्ट भएको व्यवसायलाई व्युँताउन न त अरु रकम थियो नत धितो राख्न कुनै सम्पती नै’ खड्काले बताए । 

६ बर्ष अघिदेखि गरेको व्यवसाय नष्ट भएर व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको बेला आफुलाई स्वरोजगार कोषले भने ठुलो गुन लगाएको खड्काले बताए । स्वरोजगार कोषले दिएको दुई लाखबाट आफुले तत्काल विरुवा हालेर समाप्त हुन सकेको व्यवसायलाई पुर्न जीवन दिएको खड्काले बताए । स्वरोजगार कोषबाट सस्तोमा ऋण पाएपछि विस्तारै व्यवसाय पुन : लयमा गयो आज त्यही कारण आफुले आफ्ना बालबच्चालाई राम्रो शिक्षा दिन र बनेपामै ३८ लाख बराबरको घडेरी जोड्न सकेको उनी बताउँछन् ।

‘अचेल कोरोनाको कारण व्यापार त राम्रो छैन । विस्तारै खुलेपछि भने केही राम्रै होला तर त्यो बेला व्यवसायलाई निरन्तरता दिन नसकेको भए यत्तिखेर  फेरी खाँडीको मरुभुमीमा पसिना बगाइरहेको हुन्थे होला’ खड्काले भने । खड्काको बनेपामा आरएनएस फ्लोरा  फार्म नामक फुलखेतीको व्यवसाय छ । लकडाउन अघिसम्म तीन जना कामदारहरुलाई रोजगार दिएका थिए खड्काले । ‘गल्फमा ७ बर्ष बिताए,बहराइन पछि साउदीमा काम गरे त्यहाँ दुवहीको माटो लगेर फुुलखेती हुन्थ्यो र राम्रो मूल्यमा विकेको देख्थे । त्यही काम गरेको अनुभवबाट नेपालमा पनि यस्तो गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो उनले भने ।  सुरुमा १५ लाख रुपैया लगाएर लगाएको खेती बाढीले सबै स्वाँ पारिदियो । क्षती पुर्ती पाउने आशमा धेरै ठाउँमा भौतारिए तर हात लाग्यो शुन्य जस्तै भयो त्यो बेला उनले भने । 

भाडामा लिएको ७ रोपनी जग्गा भरुभूमी जस्तै बनेको थियो, खर्च गरेको १५ लाख डुबेको थियो । वार्षीक भाडा १ लाख २० हजार तिर्नै पथ्र्यो । रकम अभावमा पुगेको मलाई स्वरोजगार कोषले मलाई र मेरो व्यवसायलाई पुर्नजीवन दियो उनले भने । 
‘व्यवसाय राम्रै छ । कोरोनापछि विरुवा थप्ने सोंचमा छु । धितो नहुने र केही गर्छु भन्नेहरुका लागि स्वरोजगार कोष धेरै राम्रो हुने उनले बताए । आज त्यही कोषबाट व्युताएको व्यवसायले परिवारसँगै बसेको छु । व्यवसाय गरेको छु । लिएको ऋण तिरीसकिन लाग्यो । उल्टो घडेरी पनि जोडे । आफ्नो परिवारसँगै बसेर काम गर्न पाएको छु , बालबच्चालाई राम्रो विद्यालयमा शिक्षा दिन सकेको छु म धेरै खुसी छु,’ खड्काले बताए । 

कोरोनाको कारण व्यवसाय फेरी थलिएको छ । भएका फुलका माउँ विरुवा उखेलेर फ्याल्नु पर्ने अवस्थामा पुगेका छन् । नयाँ विरुवा हल्याण्डबाट ल्याउनु पर्छ, व्यवसाय फेरी संचालनमा केही लगानी गर्नु पर्ने हुनसक्छ, हामी जस्ता व्यवसायीलाई कोषले यस्तो अवस्थामा हेरिदिए अझै आभारी हुने थियौं खड्काले भने । 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ३३ बजे