‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्रीसँग छलफल गर्न जसपा नेताहरु बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्रीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बालुवाटार पुग्नुभएको छ ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सरकारसँग वार्ता गर्न भन्दै बालुवाटार पुग्नुभएको हो । जनता समाजवादी पार्टीले राखेका मागका बारेमा छलफल भइरहेको स्रोतले बताएको छ । सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल पनि बनेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : ३० बजे