दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

थरकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी छुटिन

काठमाडौँ– सञ्चारकर्मी रुपा सुनारलाई थरकै कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् ।

रुपाले दलित भएकै कारण कोठा नदिइको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि काठमाडौँ बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी बृतले गत असार ६ गते पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्धको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान फाइल बुझाएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ४३ बजे