पशुपन्छीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषीको हत्या

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ । दक्षिणकाली मन्दिर परिसररहेको टवाइलेटमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । च्याउ टिप्न गएका दुई महिलाले शौचालयमा शव देखेका थिए। सन्तोषीको सलले घाँटी कसेर हत्या गरी ढुंगाले हिर्काएर अनुहार क्षतविक्षत पारिएको अवस्थामा भेटिएको छ।

सन्तोषीलाई पेटमा निकै साह्रो हिर्काएको छ भने करङ भाँचिएका छन्। घाँटी बेस्सरी कसेको प्रहरीको अनुमान छ । उनलाई क्रुर ढंगले हत्या गरिएकाले यसमा कुनै व्यक्तिले योजनावद्ध रूपमै त्यहाँ बोलाएर लगी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान छ ।

सन्तोषी २७ वर्षकी थिइन ।
 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : ०५ बजे