होम पाइपमा अड्किएका दुई बालकको मृत्यु

दार्चुला– होम पाइपमा अड्किएका दुई बालकको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका ४ बंगाबगडको लास्कुखोलामा होम पाइपभित्र अड्कएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर छन् ।

महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरेवल पूल मुनि राखिएको होम पाइपमा अड्किएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ५३ बजे