काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको छ ।
आज बिहानैदेखि देशैभर फोन नलाग्ने समस्या देखिएको थियो। समस्या देखिएपछि टेलिकमले मर्मत थालेको थियो।
बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेपाल टेलिकमको मोवाइल नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको टेलिकमले जानकारी दिएको छ ।
टेलिकमले सिष्टममा समस्या भएको बताए पनि के कारणले यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन।
प्रकाशित मिति : ९ असार २०७८, बुधबार ९ : ४५ बजे
प्रतिक्रिया