चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

काठमाठौं । काठमाडौं उपत्यकामा आज विहानैदेखि नेपाल टेलिकमको जीएसएम नेकवर्टमा फोन नलाग्ने समस्या आएको छ ।

आज बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन् । मोवाइल नेटवर्कमा समस्या आएपछि सञ्चार सम्पर्कमा कठिनाई आएको छ । 

टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्। यसो हुनुको कारण खुलेको छैन ।

नेपाल टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ४८ बजे