काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव–२०७८ कोभिड–१९ का कारण आजर भर्चुअलरुपमा सञ्चालन गर्दैछ ।
प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवका अवसरमा आव्हान गरिएको पूर्व सूचनामा प्राप्त प्रतियोगी कवितामध्ये मूल्याङ्कन समितिको छनोटमा परेका ४१ कविता ४१ कविता वाचन हुनेछन् ।
वाचनका लागि १० प्राप्ताङ्क कायम गरिएको तथा वाचनअघिको मूल्याङ्कनलाई वाचनको प्राप्ताङ्कमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ९ असार २०७८, बुधबार ६ : ४६ बजे
प्रतिक्रिया