देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

क्रिकेटको बन्द प्रशिक्षण शुरु

काठमाडौँ – नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । 

नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहनुभएको  छ । सोका लागि उहाँ गत साता श्रीलंकाबाट काठमाडौँ आउनुुभएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडी छनोट गरेको थियो । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुने तय भएको क्यानले जनाएको छ । 

प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो । बन्द प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, शरद् भेषवाकर, विक्रम सोब, पवन सर्राफ र पृथु बाँस्कोटा हुनुहुन्छ  । 

बन्द प्रशिक्षणअघि सबै खेलाडीको कोरोना परीक्षण गरिएकामा नेगेटिभ आएको क्यानले जनाएको छ ।  

फुटबल खेलाडी सावित्राको उपचार कतारमा हुने  

नेपाली महिला फुटबल टोलीका सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचार कतारमा गरिने भएको छ ।  लामो समयदेखि घुँडाको चोटका कारण मैदान बाहिर रहनुभएका भण्डारीको उपचार कतारको दोहामा गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उहाँको उपचारमा कतार फुटबल संघले सहयोग गर्ने भएको छ । भण्डारी उपचारका लागि शनिबार कतार जानुहुनेछ । 
सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध भण्डारी राष्ट्रिय महिला लिग खेल्ने क्रममा पुलिस क्लबविरुद्धको खेलमा घाइते हुनुभएको हो । एपिएफले महिला लिगको उपाधि जित्दा उहाँले १० खेलमा ४३ गोल गर्नुभएको थियो । दायाँ घुँडामा चोट लागेपछि भण्डारीले अन्तिम दुई खेल गुमाउनुपरेको थियो । यसअघि पुरुष फुटबल टोलीका सदस्य विक्रम लामा र विमल घर्ती मगरको पनि कतारमै उपचार गरिएको थियो । 

रासस

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : २९ बजे