धरहराबाट उपत्यका नियाल्ने रहर

सर्वोच्चको आदेशपछि मन्त्रिपरिषद् ५ सदस्यीय मात्रै (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि दुई पटक विस्तार तथा पुनर्गठन गरिएको क्याबिनेट बदर गरेको छ । बदर भएसँगै २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित ५ जनामात्रै रहनुहुने भएको छ ।

प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको मात्रै पद जोगिएको छ ।

प्रधानमन्त्री
१ केपी शर्मा ओली रक्षा

उपप्रधानमन्त्री
२ विष्णुप्रसाद पौडेल अर्थ

मन्त्री
३ कृष्णगोपाल श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि
४ बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात
५ लिलानाथ श्रेष्ठ कानुन, न्याय तथा संसदीय मामिला

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ०७ बजे