दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आज एमालेको भ्याकेट निवेदन माथि सुनुवाइ हुँदै : निवेदन न्यायाधीश भट्टराई र फुयालको इजालसमा

काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा दर्ता गराएको भ्याकेट निवेदन माथि आज सुनुवाइ हुँदैछ  । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमालेले भ्याकेट निवेदन दर्ता गराएको थियो । निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइ हुने छ   ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका प्रदेश सभा सदस्यलाई गरेको कारबाहीलाई सर्वोच्चले वदर गर्ने अन्तरिम आदेश दिएको थियो । एमालेबाट निर्वाचिन भएका ती प्रदेश सभा सदस्यलाई महाधिवेशन आयोजक समितिलाई कारबाही गर्ने अधिकार नरहेको आदेश अदालतले दिएको थियो । एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक समितिमा परिणत भएकोले कारबाहीलाई मान्यता दिन भन्दैएमालेले पुनरावेदन गरेको हो । 

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १ : ३८ बजे