नेपाल प्रहरीका १५ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले आज प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरूको सरुवा गर्नु भएको हो । मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।

श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ ।

कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रदेश२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची :

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ४९ बजे