दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बाग्लुङमा आज सबैभन्दा धेरै संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा बाग्लुङमा सबैभन्दा धेरै कोभिड संक्रमित थपिएका छन् । 

यसअघि काठमाडौंमा सबैभन्दा धेरै संक्रमित पहिचान हुने गरेकोमा आज भने बाग्लुङमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो । 

काठमाडौं जिल्लामा आज थपिने संक्रमितको संख्या २८५ छ भने उपत्यका बाहिर झापामा १३०, मोरङमा १२४ र सुनसरीमा ११४ रहेको छ ।

यीबाहेक अन्य जिल्लामा भने थपिने संक्रमितको संख्या १ सयभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ०४ बजे